Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी 

न्युज कारोबार काठमाडौं असार १३, २०७८       

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड चौबिस लाख ४८ हजार मात्र रूपैयाँ बराबरको मृत्यू दावी भूक्तानी गरेको छ । आइतबार डडेलधुरास्थित आफनो शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको इच्छाइएको व्यक्ति मृत्यकको श्रीमती बिमला देबी पन्तलाई मृत्यु दाबी भूक्तानी गरेको हो ।

उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमूखले चेक हस्तान्तरण गरेका हुन् । स्व. पन्तले सन २०२१ फेब्रुअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृत सावधिक जीवन बिमालेख खरीद गरेका थिए । उनको सन २०२१ मार्च ६ मा जिप दूर्घनाको कारणबाट मृत्यू भएको हो । 
 

सम्बन्धित खबरहरु