nmb bank

गृहपृष्ठ राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम भएकी छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल (बोधिसत्वको खोप) तृतीय भए ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३०-३० हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा-प्रतिष्ठानको ६४औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङमय क्षेत्रको विशिष्ट दिन भएको र यो  महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए ।

कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्राडा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र  कला पक्षलाई सशक्त बनाउनुपर्ने बताए । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए । प्रतिष्ठानका  प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४  जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१  कविता छनोट गरिएकामा स्वदेशबाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए ।

प्रकाशित समय : २३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु