गृहपृष्ठ चार वर्षपछि हुम्लाको मेलछाम गाउँमा बिजुली
चार वर्षपछि हुम्लाको मेलछाम गाउँमा बिजुली
हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चंखेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् ।
चार वर्षअघि सुरु भएको खापरखोला लघुजलविद्युत आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिए । उनका अनुसार आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक पक्षमा मेहनत गरी गाउँलाई झिलिमिली बनाउन सफल भएको हो ।
हिले वडा नं ६ का गाउँमा मात्रै बिजुली बलेको भए पनि आयोजनाको क्षमता बढाएर केही महिनापछि पूरै चंखेली गाउँपालिकाभरि सञ्चालनमा ल्याउने उनले बताए ।
प्रकाशित समय : १६:०२ बजे



















