Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

तीन हजार नाघ्यो नेप्से परिसूचक, एकै दिन पौने १७ अर्बको कारोबार

न्युज कारोबार काठमाडौं जेठ ३१, २०७८       

तीन हजार नाघ्यो नेप्से परिसूचक, एकै दिन पौने १७ अर्बको कारोबार

सेयर बजारमा आज अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । दोहोरो अंकले सेयर बजार बढ्दा नेप्से परिसूचक तीन हजार अंकमाथि उक्लेको हो । सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४०.४० अंकले बढ्दा तीन हजार २३.५० अंकमा पुगेको हो भने ठूला कम्पनी (‘क’ वर्ग) का कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १०.३३ अंकले बढेर ५४९.७४ अंकमा पुगेको छ । २२१ कम्पनीको तीन करोड १३ लाख ३० हजार २७६ कित्ता सेयर १६ अर्ब ८७ करोड २९ लाख ६२ हजार ४८६ रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै ८ सबइन्डेक्सको कारोबार उकालो लाग्दा पाँच कम्पनी भने केही माइनसमा गएका छन् । बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत वित्त, निर्जीवन बिमा, उत्पादनमुलक, जीवन बिमा र लगानी समूहको सेयर बढेको छ भने सामुहिक लगानी कोष, लघुवित्त, अन्य, विकास बैंक र व्यापार समूहमा झिनो अंकले ओरालो लागेको छ । सोमबार तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किटसमेत लागेको छ ।

सम्बन्धित खबरहरु