nmb bank

गृहपृष्ठ प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज  सो आदेश जारी गरेको हो ।

इजलासले उक्त विवादमा आगामी  असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय  शम्भु थापा र महादेव यादवले बहस गरेका थिए । आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

प्रकाशित समय : २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु