गृहपृष्ठ आज १८ अंकले घट्यो नेप्से, महिला लघुवित्तको कारोबारमा नकारात्मक सर्किट
आज १८ अंकले घट्यो नेप्से, महिला लघुवित्तको कारोबारमा नकारात्मक सर्किट
साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । धितोपत्र बजारमा सेयर मापक कारोबार गर्ने नेप्से परिसूचक १८.५६ अंकले घटेर दुई हजार ६१८.५६ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक २.३१ अंकले घटेर ४७०.७३ अंकमा पुगेको छ ।
आज २१९ कम्पनीको एक करोड २७ लाख २८ हजार १२५ कित्ता ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूह ओरालो लागेको छन् । बैंकिङ ०.२८, व्यापार ६१.६१, होटल तथा पर्यटन ४१.७८, विकास बैंक १.३६, जलविद्युत ३४.०५, वित्त १२.२१, निर्जीवन बिमा ३१.२९, उत्पादनमुलक ९२.३७, अन्य २७.९२, लघुवित्त ९७.०६ जीवन बिमा १४७.६४, सामुहिक लगानी कोष ०.०२ र लगानी समूहका लगानीकर्ताले ०.९२ अंक गुमाएका छन् ।
आज महिला लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, संघाती हाइड्रो इनर्जी र युनियन हाइड्रोपावरको कारोबार पनि नकारात्मक सर्किटको लेभलमा पुगेका छन् । त्यस्तै दुई कम्पनीको सेयर सकारात्मक सर्किटको लेभल कारोबार भएका छन् । समता घरेलु लघुवित्त र रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले अन्य कम्पनीको भन्दा बढी कमाएका छन् ।
प्रकाशित समय : २१:४२ बजे




















