global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोना महामारी फैलिएपछि विवेकशील साझाको एकता महाधिवेशन स्थगित

कोरोना महामारी फैलिएपछि विवेकशील साझाको एकता महाधिवेशन स्थगित

कोरोना महामारी फैलिएपछि विवेकशील साझाको एकता महाधिवेशन स्थगित

विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ । आगामी जेठ अन्तिम साता गर्ने महाधिवेशन गर्ने तयारी भइरहेको बेला महामारी तीव्र गतिमा फैलिएपछि स्थगित गरिएको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

अइतबार एक विज्ञप्ति जारी गर्दै विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मंसिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर, कोरोना फैलिएपछि भेला गर्न नमिल्ने भएर स्थगित गर्नु परेको उनले बताए ।

विज्ञप्तिमा भनिएको छ, 'परिस्थिति सहज बनेपछि अनुकूलता हेरेर केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने छ । कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णयसमेत गरेको छ ।'

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु