गृहपृष्ठ कोरोना विरुद्धको लडाईंमा नेपाललाई सघाउन विश्व समुदायसमक्ष प्रधानमन्त्री ओलीको अपिल
कोरोना विरुद्धको लडाईंमा नेपाललाई सघाउन विश्व समुदायसमक्ष प्रधानमन्त्री ओलीको अपिल
प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा नेपाललाई सघाउन विश्व समुदायसमक्ष अपिल गरेका छन् । उनले सीएनएनलाई शनिबार अन्तर्वार्ता दिँदै नेपालमा कोभिड- १९ को महामारीविरुद्धको लडाइँ नियन्त्रणमै रहेको पनि बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन् । 'प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड १९ महामारीविरूद्धको लडाइँ नियन्त्रणमै रहेको बताउनुभएको छ,' थापाले लेखेका छन्, 'आज अपरान्ह १२:०१ बजे सीएनएन इन्टरनेसनललाई लाइभ अन्तर्वार्ता दिदैं उहाँले विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल पनि गर्नुभएको छ ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले "नेपालमा काेभिड १९ महामारीविरूद्दकाे लडाइँ नियन्त्रणमै रहेकाे" बताउनुभएको छ ।
आज अपरान्ह १२:०१ बजे CNN international लाई liveअन्तर्वार्ता दिदैं उहाँले "विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल" पनि गर्नुभएको छ । pic.twitter.com/GA73vQouAh— Surya Thapa (@ThapajiSurya) May 8, 2021
प्रकाशित समय : २०:३० बजे



















