Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

प्रभु लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कसँगै नाफामा पनि उल्लेख्य सुधार

न्युज कारोबार काठमाडौं वैशाख २३, २०७८       

प्रभु लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कसँगै नाफामा पनि उल्लेख्य सुधार

केहि समय अघि मात्रै आईपीओ निष्काशन गरेको प्रभु लाइफ इन्स्योरेन्स (PLI) ले खुद बिमाशुल्क र नाफा दुबैमा उल्लेख्य सुधार भएको वित्तीय विवरण प्रकाशित गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा खुद बिमाशुल्क ११५.६० प्रतिशत र खुद नाफा १४८.३४ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

प्रभु लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ८ करोड ८४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ मात्रै खुद बिमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १८ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि १४८.३४ प्रतिशतले बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सर्वसाधरणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ६० लाख रुपैयाँ, जीवन बिमा कोषमा १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा, प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात ८७.०५ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको चैत सम्ममा कम्पनीले एक लाख ७ हजार ३१६ वटा बिमालेख जारी गरी एक अर्ब १३ करोड ९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले २०४ वटा दाबी बापत ५ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी बापत ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित खबरहरु