Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

मध्य भोटेकोशीको आइपीओ आवेदन 'आइएमई पे'बाटै दिन सकिने

न्युज कारोबार काठमाडौं वैशाख २३, २०७८       

मध्य भोटेकोशीको आइपीओ आवेदन 'आइएमई पे'बाटै दिन सकिने

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमासमेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बिहीबारदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दालाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।

आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाले आइएमई पेमार्फत आवेदन दिन सक्नेछन् । उनले अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने उल्लेख गरे । यसरी आइएमई पे बाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पुरा गर्नुपर्ने हुन्छ । पहिलोपटक आइएमई पे प्रयोग गर्दै हो भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ ।

ग्राहकको कारोबारको सुरक्षा र गोपनीयाताका लागि ग्राहकको नाम, थर, ठेगाना, सम्पर्क नम्बरलगायत ग्राहकसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ । यसलाई बैंकिङ भाषामा नो योर कस्टुमर (केवाइसी) फारम भनिन्छ । त्यसपछि ग्राककले एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नेछन् । त्यहाँ ग्राहकले ‘आइपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आइपीओसँग सम्बन्धित आफ्नो सवै विवरण भर्नुपर्नेछ र त्यसलाई एकपटक रूजु गरी आफ्नो पिन कोड थिच्नुपर्नेछ । यसरी ग्राकहले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पेमार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्नेछन् । यसरी आइपीओ भर्दा ग्राहकले कुनै अतिरिक्त सेवा शूल्क तिर्नुपर्दैन ।

मध्य भोटेकोशीले वैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपीओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपीओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपीओमा आवेदन दिन सकिने छ ।

सम्बन्धित खबरहरु