Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

समाधिको उत्कर्षमा पराजित हुनेछन् हाम्रा इतर इन्द्रियहरू

अर्जुन भण्डारी काठमाडौं वैशाख २३, २०७८       

समाधिको उत्कर्षमा पराजित हुनेछन् हाम्रा इतर इन्द्रियहरू

समाधिको उत्कर्षमा
पराजित हुनेछन् हाम्रा इतर इन्द्रियहरू
जीवत रहनेछ तिम्रो शरीरमा
एउटैमात्र इन्द्रिय
स्पर्श र यसको अराजक सत्ता
कानहरू सुन्न छाड्नेछन्
आँखाहरू देख्न छाड्नेछन्
जिब्रो लाटिएर मृतझैँ हुनेछ
गन्ध छट्याउन असमर्थ हुनेछौं हामी !
त्यतिबेला केही पनि बाँकी रहने छैन
त्यो विराट महाशून्यतामा
तिमीले केही पनि सोच्न सक्ने छैनौं
त्यो मायावी सुरुङभित्र
हामी एउटा हिंस्रक पशुझैँ
बेतोडले दौडिरहेको हुनेछौं
समाधिको उत्कर्षमा
तानाशाहझैँ हुनेछौं हामी
अराजक र विवेकहीन
हाम्रो वशमा पार्न खोज्नेछौ अर्को शरीर
तर, दुर्भाग्य
हामी सफल हुने छैनौँ
अग्निमय चरम विष्फोटपछि
रूपान्तरित हुनेछौं हामी 
बरफको टुक्रामा
क्लान्त तर विजयी
निद्रालस हाम्रो देह
पल्टिनेछ मुढोझैँ
झर्नेछ हाम्रो श्वासको लयले
गर्नेछ अर्को समाधिका लागि
अजस्र उर्जाको सञ्चय ।

सम्बन्धित खबरहरु