global ime bank Long Banner Ad

गृहपृष्ठ यात्रुसँग बढी भाडा लिने बसपार्कबाट पक्राउ

यात्रुसँग बढी भाडा लिने बसपार्कबाट पक्राउ

यात्रुसँग बढी भाडा लिने बसपार्कबाट पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ । कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमनको लागी परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले, स्यांजा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ भगवती काउण्टरका कर्मचारी ३० वर्षको मिलन सारुलाई पक्राउ गरेको पुष्टि गरेको हो । काठमाण्डौं देखि बाग्लुङसम्म जाने नियमित भाडा नौ सय भएकोमा निजले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेका सारुले वैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङसम्म जान बढी भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ । पक्राउ परेका मिलनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु