Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

हावाहुरीले उडायो त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल

न्युज कारोबार काठमाडौं वैशाख ५, २०७८       

हावाहुरीले उडायो त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल

शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठीक पारिएको ट्रस उडाएपछि निर्माण कार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए । पुलको निर्माण तीन वर्ष अघि सुरु गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताए ।

सम्बन्धित खबरहरु