global ime bank Long Banner Ad

गृहपृष्ठ धमाधम एमाले पार्टी कार्यालय पुन:स्थापना गर्दै ओली पक्ष

धमाधम एमाले पार्टी कार्यालय पुन:स्थापना गर्दै ओली पक्ष

धमाधम एमाले पार्टी कार्यालय पुन:स्थापना गर्दै ओली पक्ष

सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्षले सक्रियता बढाएको छ । यसै क्रममा विभिन्न जिल्लामा धमाधम नेकपा एमालेको पार्टी कार्यालय स्थापना र बोर्ड फेर्ने काम हुन थालेको छ ।

सोमबार नुवाकोटमा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन् । तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्यअंकित झन्डा राखिएको हो । मोरङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ । यसअघि पर्वतमा पनि एमालेको पार्टी कार्यालय पुन:स्थापना गरिएको छ ।   

आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको पार्टी खारेज हुने फैसला गरेको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते पार्टी एकता घोषणा गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता गरेका थिए ।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु