global ime bank Long Banner Ad

गृहपृष्ठ लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका हुन् ।

पूर्वप्रधानन्यायाधीश शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गरेका छन् । बाँकी तीन जनाले भने संयुक्त लिखित जवाफ दिएका छन् । लिखित जवाफ दिँदै उनीहरूले अदालतको अवहेलना नगरेको दाबी गरेका छन् । संविधानले दिएको अधिकार प्रयोग गर्दै आफ्ना अभिव्यक्ति दिएको र अदालतको अवहलेनामा आफूहरू सचेत रहेको उनीहरूले बताएका छन् ।

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उनीहरुलाई लिखित जवाफ दिन आदेश गरेको थियो ।

अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको निवेदकहरूको दाबी छ । प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते विज्ञप्ति जारी गरेका थिए ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु