काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

श्रीमती खोज्न पत्रकार सम्मेलन

15.71K
shares

विराटनगर – नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् ।

बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको बताए ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए ।

बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।

गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए ।