global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कालीगण्डकीमा पुल निर्माण कार्य तिव्र

कालीगण्डकीमा पुल निर्माण कार्य तिव्र

कालीगण्डकीमा पुल निर्माण कार्य तिव्र

पुस, २७  कालीगण्डकीमा पुल निर्माण धमाधम भइरहेको छ । पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट जोड्ने कार्य अगाडि बढेपछि स्थानीयवासी खुशी भएका छन् ।

जेभी काठमाडौँको सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले २०७२ फागुन १६ गते शिलान्यास गरेका तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने बताएका थिए । एकसय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लाग्ने र अहिलेसम्म ७० प्रतिशत कार्य सम्पन्न भएको ठेकेदार एकदेव भट्टराई बताउनुभयो ।

आगामी असार मसान्तसम्ममा पुल निर्माणको काम सकिने लक्ष्य राखिएको छ । पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर, स्याङ्जाको चापाकोटलगायतका स्थानियवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यही पुलबाट नदी वारिपारि यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयलाई धेरै फाइदा पुग्नेछ ।

प्रकाशित समय : ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु