global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ माग पूरा गर्न उदयपुर सिमेन्ट २४सै घण्टा सञ्चालन

माग पूरा गर्न उदयपुर सिमेन्ट २४सै घण्टा सञ्चालन

माग पूरा गर्न उदयपुर सिमेन्ट २४सै घण्टा सञ्चालन

दैनिक ७०० मेट्रिक टन उत्पादन, २५ करोड आम्दानी

गाईघाट- सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ।

उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पुर्याइएको हो।

विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र उद्योगमा पछिल्लो समयमा ६५० मेट्रिक टनले उत्पादनमा वृद्धि गरिएको तर अहिले चौबिसै घण्टा उद्योग सञ्चालन गरेर प्रतिदिन ७०० मेट्रिक टनले सिमेन्ट वृद्धि गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडलले बताए।

सिमेन्टको मूल्य वृद्धि भएसँगै झनै बजारमा गैँडाछाप सिमेन्टको माग बढ्दै जान थालेपछि उत्पादनमा पनि व्यापक रुपमा नै वृद्धि गर्दै लगेको उद्योग प्रशासनले बताएको छ। यस वर्ष सिमेन्ट उत्पादनमा उद्योगले झण्डै २५ करोड रुपैयाँभन्दा बढी सिमेन्ट बिक्रीबाट आम्दानीसमेत गरेको उद्योग प्रशासनले बताएको छ। उदयपुर सिमेन्ट उद्योगको प्रतिदिन सिमेन्ट उत्पादन गर्ने क्षमता झण्डै ८०० मेट्रिक टनसम्म रहेको छ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु