गृहपृष्ठ अर्बुदरोगीको वार्षिक ६० हजारको उपचार
अर्बुदरोगीको वार्षिक ६० हजारको उपचार

भक्तपुर- काठमाडौँ र काभ्रेपलाञ्चोकमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा ऋषिकेशनारायण श्रेष्ठले एक वर्षका अवधिमा परिक्षणमा काठमाडौंका ३४९ र काभ्रेपलाञ्चोकका १९१ रहेको बताए । भक्तपुरका १७८, ललितपुरका १५० र सिन्धुपाल्चोक १३८, मोरङका १२९, झापाका ११९, सुनसरीका १०२ दोलखाका ९५ र मकवानपुरका ९० अर्बुदरोगीले अस्पतालमा उपचार गराएको डा श्रेष्ठले जानकारी दिए । अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै पाठेघरका अर्बुदरोगी देखिएको छ । अस्पतालका अनुसार एक वर्षमा महिला ४६२ मा पाठेघर, ४२२ मा घाँटीको र ३३७ जनामा स्तन अर्बुदरोग देखिएको छ । टाउको र नाकमा हुने अर्बुदरोग २९३ जनामा देखिएको छ ।
एक वर्षमा करिब ६० हजार अर्बुदरोगीको उपचार गर्ने गरेको अस्पतालको तथ्यांक अनुसार पाँच वर्षका अवधिमा नेपालमा अर्बुदरोगीको संख्या वृद्धि हुँदै गइरहेको छ । सन् २०१२ मा अस्पतालले २८ हजार ३६६ बिरामीको उपचार गरेकामा २०१७ सम्म आइपुग्दा दोब्बरभन्दा धेरै अर्थात् ६८ हजार ४४१ पुगेको अस्पतालका प्रशासक राजाराम तजलेले जानकारी दिए ।
प्रकाशित समय : ११:०६ बजे