global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रुपन्देहीको जेठो विद्यालयमा प्रदेश मन्त्रालय राख्ने तयारी

रुपन्देहीको जेठो विद्यालयमा प्रदेश मन्त्रालय राख्ने तयारी

रुपन्देहीको जेठो विद्यालयमा प्रदेश मन्त्रालय राख्ने तयारी

बुटवल । रुपन्देहीको सबैभन्दा जेठो विद्यालय बुटवल माविको भवनमा प्रदेशको एउटा मन्त्रालय राख्ने तयारी भएको छ । प्रदेश ५ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेल, उपमहासचिव विष्णु पौडेलसहित प्रदेश सांसद, प्रदेशका प्रमुख सचिव, सरकारी अधिकारी सहितको टोलीले बुटवल माविको भवनको शुक्रबार अवलोकन गरेको छ ।
जिल्लाकै जेठो विद्यालय बुटवल मावि २००८ सालमा स्थापना भएको हो । बुटवलको मुख्य बजारभन्दा तिनाउ पारी रहेका ३ वटा विद्यालयलाई आपसमा गाभेर बुटवल माविको भवनमा मन्त्रालय राख्ने तयारी भएको हो । ३ विद्यालयलाई गाभेर बुटवल माविका विद्यार्थीलाई उजीर सिंह मावि र सरस्वती निमाविको भवनमा सार्ने छलफल भएको प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले बताए ।
सुनसान बनेको पुरानो बुटवल क्षेत्रलाई गुल्जार गराउन मन्त्रालय राख्ने तयारी गरिएको उनको भनाई छ । शुक्रबार बुटवल माविमा भएको अवलोकनका क्रममा ३ वटा विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक बसेर मर्ज प्रक्रिया अघि बढाउने र आगामी बैशाखबाट विद्यार्थीहरु अर्को विद्यालयमा सिफ्ट गर्ने बारे कुराकानी भएको छ । तर विद्यालयका प्रधानाध्यापक अकरमुल्लाह खाँले इतिहास बोकेको जेठो विद्यालय सार्ने निर्णय आफूलाई राम्रो नलागेको बताएका छन् ।
बुटवल माविका व्यवस्थापन समतिका अध्यक्ष विमलबहादुर शाक्यले विद्यालय मर्ज गरे पनि बुटवल हाई स्कुलको पहिचान मेटाउन नहुने भन्दै विद्यालयको नाम बुटवल मावि नै रहनुपर्ने उल्लेख गरे । बुटवलको पुरानो विद्यालयको शाख बचाउन र विद्यार्थीलाई आकर्षित गर्न यहाँ प्राविधिक शिक्षालय बनाउने, नयाँ तरिकाबाट विद्यालय व्यवस्थीत गर्ने लगायतका चर्चा पनि चल्ने गरेका छन् । तर प्रदेश पाँचको अस्थायी राजधानी बुटवल बनेपछि अहिले मन्त्रालय राख्नेबारे छलफल भएको हो ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु