गृहपृष्ठ पर्यटक उद्योगको विकास गर्नुपर्ने : राष्ट्रपति भण्डारी

पर्यटक उद्योगको विकास गर्नुपर्ने : राष्ट्रपति भण्डारी

पर्यटक उद्योगको विकास गर्नुपर्ने : राष्ट्रपति भण्डारी

चितवन, फागुन ८ राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन विकास तथा रोजगारी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । रत्ननगरस्थित जिरौनामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्णमहोत्सव समारोहको उद्घाटन गर्दै यस क्षेत्रमा पर्यटक उद्योगको सम्भावना रहेकाले सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताए ।
“चितवन नेपालको पर्यटन गन्तव्यका रुपमा विकसित भइरहेको छ । यहा“ खेलाइने हात्तीपोलोले विश्वका खेलप्रेमी र पर्यटकलाई आकर्षित गरेकाले पनि चितनव प्रवद्र्धनको खाँचो रहेको बताए ।

पाँच करोड लागतमा निर्मित मन्दिर आकर्षक कलाशैलीमा निर्माण भएको छ र यस मन्दिरलाई हेर्ने आन्तरिक पर्यटकको अहिले भीड लागेको छ ।

थारू जातिको सांस्कृतिक पहिचान विश्वसामु परिचित भएको थारू सांस्कृतिक सङ्ग्रहालयको थप सुदृढ गर्नुपर्ने र चितवन औद्योगिक नगरीका रुपमा विकास भएकामा खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल विविधता बीचको एकता रहेको नेपालमा संविधानको भावना अनुसार धार्मिक सद्भाव, सहिष्णुता अभिवृद्धि र संस्कृतिको प्रवद्र्धन तथा संरक्षणमा प्रदेश सरकारको सधैँ साथ र सहयोग रहेने विश्वास गराए ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीति र धर्मले मानवीय सेवा नै गर्ने भएकाले जुनसुकैतर्फ बाट गरिए पनि जनताको उन्नति र प्रगति मुख्य लक्ष्य हुने बताए । सो क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको समेत सहभागिता थियो ।

रासस

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु