nmb bank

गृहपृष्ठ भ्रष्टाचार सूचीमा नेपाल १२२ औं स्थानमा

भ्रष्टाचार सूचीमा नेपाल १२२ औं स्थानमा

भ्रष्टाचार  सूचीमा नेपाल १२२ औं स्थानमा

काठमाडौं, फागुन १० काठमाडौं, फागुन १० भ्रष्टाचारको सूचीमा १२२ औं स्थानमा नेपाल परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा परेको छ । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् । प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले नेपालमा राजनीतिक र व्यावसायिक भ्रष्टाचार बढी हुने गरेको देखिएको बताए । निगमनकारी निकाय प्रधानमन्त्रीको कार्यालय कमजोर देखिएको र पटक–पटकका सुशासन सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न बेवास्था गरेका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए ।

ट्रान्सपरेन्सीको प्रतिवेदनमा सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड परेको छ । त्यसैगरी डेनमार्क दोस्रो स्थानमा छ । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने सोमालिया परेको छ । सोमालियाले ९ अंक मात्र प्राप्त गरेको छ । दक्षिण एसियाली देशमध्ये बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं, भुटान २९ औं स्थानमा छन् ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु