global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हेल्लो सरकारको निगरानीमा शिक्षामन्त्री

हेल्लो सरकारको निगरानीमा शिक्षामन्त्री

हेल्लो सरकारको निगरानीमा शिक्षामन्त्री


काठमाडौं । चर्को घाममा बालबालिकालाई उभ्याएर स्वागत सम्मान लिने शिक्षामन्त्री गिरीराजमणि पोखरेलविरूद्ध परेको उजुरीमा प्रधानमन्त्री केपी ओली माथाहत रहेको ‘हेल्लो सरकार’ले प्रतिक्रिया दिएको छ ।
वीवेकशील साझा पार्टीका शरदराज पाठकले ट्वीटरमा हेल्लो सरकारलाई मेन्सन गर्दै मन्त्री पोखरेलले बालबालिकाबाट स्वागत लिएको तस्बिर राखेका थिए । ‘मन्त्रीको स्वागतमा चर्को घाममा कलिाल स्कुले नानीलाई ताँती लगाइएको देखेपछि दिक्क छु । यो हदमा त ज्ञानेन्द्र शाह पनि जाँदैन थिए’ भनी पोखरेलको तस्बिरसहित पाठकको ट्वीट आएको थियो ।
उक्त ट्वीटलाई सम्बोधन गर्दै हेल्लो सरकारको आधिकारीक ट्वीटर ह्यान्डलले ‘यसरी बालबालिकालाई दुःख दिने कार्य कतै हुन नदिने सुनिश्चित गर्न सबै मातहत निकायहरुमा तत्काल आवश्यक परिपत्र गर्ने भनी सबै केन्द्रीय निकायहरूमा पत्राचार गरिएको’ जानकारी दिएको छ ।

प्रकाशित समय : २२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु