global ime bank Long Banner Ad

गृहपृष्ठ इलाममा मुटुको विरामी बढ्दो एकसय २० जनामा मुटुको समस्या

इलाममा मुटुको विरामी बढ्दो एकसय २० जनामा मुटुको समस्या

इलाममा मुटुको विरामी बढ्दो एकसय २० जनामा मुटुको समस्या

मंगलबारे । पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२० मुटु रोगी भेटिएको अस्पतालले जनाएको छ ।

शिविरमा सेवाग्राहीलाई हृदय केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको नेतृत्वमा आठ डाक्टरसहित १७ जना चिकित्सकको टोलीले सेवा दिएको थियो ।

मुटु रोगीमध्ये कोहीको भल्व फेर्नुपर्ने, कसैको रगत नली फेर्नुपर्ने र कसैको शल्यक्रिया गर्नुपर्ने अवस्थाका रहेको शर्माले जानकारी दिए। मुटुजाँच गराएकामध्ये प्रतिशतका आधारमा मुटु रोगीको संख्या उच्च भएको डाक्टर शर्माको भनाइ छ । शरीर सञ्चालनको सबैभन्दा महत्वपूर्ण अंगका रुपमा मुटुलाई लिइन्छ । यस्तै मुटु रोगीका लागि जोखिम मानिने रक्तचापका बिरामीको संख्या शिविरमा आएकामध्ये करीब ८० प्रतिशतमा पाइएको उनले बताए ।

मुटु परीक्षण गराएकाको मुटुको ढुकढुकी बढ्ने, डर लाग्ने, निन्द्राबाट बिउझिँदा तर्सिनेजस्ता समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । मुटु रोग जन्मजात, रगत नली बिग्रेरलगायत विभिन्न कारणबाट हुनसक्छ ।यस रोगबाट बच्नका लागि नियमित व्यायाम गर्नुपर्ने, धुम्रपान र मध्यपानबाट टाढै रहनु पर्ने, सन्तुलित खानपानमा ध्यान दिनुपर्ने, खाना कम गरेर फलफूल, सागसब्जी बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु