global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ टाइगर प्यालेशमा राजस्वको छापा

टाइगर प्यालेशमा राजस्वको छापा

टाइगर प्यालेशमा राजस्वको छापा

रुपन्देही। तिलोत्तमा नगरपालिकाको कोटिहवामा रहेको पाँच तारे टाइगर प्यालेस रिसोर्टमा राजस्व अनुसन्धान कार्यालय भैरहवाले छापा मारेको छ । प्रमुख कर अधिकृत अर्जुन पाठकले क्यासिनो सञ्चालनको अनुमति लिएको रिसोर्टले मदिराको अनुमति नलिएपछि छापा मारेको बताए।होटल र क्यासिनो सञ्चालक छुट्टाछुट्टै भएपनि सञ्चालकले होटलबाट मदिरा लिएर क्यासिनोमा बेच्ने गरेको पाइएको छ ।

प्रहरी सहित पुगेको अनुसन्धानको टोलीले क्यासिनोमा छापामारी मदिरा नियन्त्रणमा लिएको छ । ‘सञ्चालकले होटलबाट मदिरा लिएर क्यासिनोमा बेच्ने गरेका थिए । तर क्यासिनोमा बेच्ने मदिराको लाइसेन्स लिन मानेका थिएनन्, उनले भने, त्यसैले राजस्व चुहावट भएकाले छापा मारेर मदिरा नियन्त्रणमा लिइएको हो ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु