global ime bank Long Banner Ad

गृहपृष्ठ शेयर बजारमा लगानी कर्ताको विश्वास, उकालो लाग्ने संकेत

शेयर बजारमा लगानी कर्ताको विश्वास, उकालो लाग्ने संकेत

शेयर बजारमा लगानी कर्ताको विश्वास, उकालो लाग्ने संकेत

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि शेयरबजार उकालो लाग्ने संकेत देखिएको छ । गत साता मंगलबारदेखि बढन् थालेको बजार आइतबारसम्म १०१ अंक बढेर नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबार मात्रै बजार ४४ अंक बढेको छ । आज पनि बजार बढ्ने देखिएको छ । आइतबार ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । केही महिनायताको यो सबैभन्दा बढी सेयर कारोबार हो ।

बजारले गति लिन थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो ।
सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ । सेयर बजार घटेर एउटा सीमामा पुगेपछि पुनः बढ्ने लगानीकर्ताको भनाई छ ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु