global ime bank Long Banner Ad

गृहपृष्ठ थाहा पाउनुस बुद्व जयन्तिकाे दिन देशभर के के गरिदै छ?

थाहा पाउनुस बुद्व जयन्तिकाे दिन देशभर के के गरिदै छ?

थाहा पाउनुस बुद्व जयन्तिकाे दिन देशभर के के गरिदै छ?

काठमाडाैं: २५ सय ६२ अाैँ बुद्ध जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ। बुद्धको जन्मस्थल लुम्विनीमा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको छ ।
लुम्बिनीमा हजारौंको सहभागितामा शान्ति पद्यात्रा गरिएकाे छ । पद्यात्रा पछि आयोजना हुने मुल समारोहलाई बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दै छन्।
बुद्ध जयन्तीका अवशरमा लुम्बिनीमा अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनसहित सप्ताहाव्यापी कार्यक्रम चलिरहेका छन । काठमाडौंको स्यम्भूमा पनि आज दिउँसो साढे चार बजे प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
काभे्रको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूपा, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिदैंछ ।
लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मीएर २९ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति गरेपछि उहाँलाई गौतम वुद्धका रुपमा चिनिन थालियो ।
बुद्धजयन्तीका अवशरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताले शुभकामना सन्देश दिदैं वुद्धको दर्शनलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु