global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अवैध रुपमा भारतमाबाट रातो अण्डा नेपाल भित्र्याइँदै

अवैध रुपमा भारतमाबाट रातो अण्डा नेपाल भित्र्याइँदै

अवैध रुपमा भारतमाबाट रातो अण्डा नेपाल भित्र्याइँदै

चितवन । भारतबाट रातो अण्डा गैरकानूनीरुपमा नेपाल पठाउन थालिएको छ । भारतीय व्यवसायीले चितवनमा लुकाइछिपाइ पठाउन थालेपछि अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर अहिले रातो अण्डा अवैधरुपमा भित्र्याउन सहज हुँदै आएको छ । नेपाल अण्डा उत्पादन संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार भारतका ठूला होटल, डिपार्टमेन्टल स्टोर्सलगायत ठूला व्यापारिक प्रतिष्ठानमा नबिकेर फर्किएका अण्डा लुकाएर नेपाल पठाउने गरिएको हो । यसका साथै चल्लाका लागि ह्याचरीमा राखेर चल्ला कोरल्न असफल भएका अण्डा पनि अवैधरुपमा नेपाल पठाउने गरिएको छ ।

नेपालमा अण्डा उत्पादनका लागि लोम्यान र हाइल्यान जातका कुखुरा प्रख्यात छन् । यससँगै हाई सेक्स र इसव्रान पनि थोरै संख्यामा नेपालमा पालिँदै आएको छ । तिनले रातो रंगको अण्डा पार्ने गर्छन् । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईका अनुसार भारतमा सेतो अण्डा पार्ने लोम्यान र डाडकक जातका कुखुरा पालिँदै आएको छ । पछिल्लो समय रातो अण्डा पार्न किङ स्टङ पालिँदै आएको व्यवसायीले बताएका छन् ।

भारतमा नेपालमा भन्दा २० प्रतिशत कम लागतमा अण्डा उत्पादन हुने एउटै फार्ममा ८÷१० लाखको संख्यामा कुखुरा पालिने, दाना उत्पादन लागत कम हुने, सरकारी अनुदान हुने, बैंक ब्याज कम हुनेलगायतका कारण लागत मूल्य कम हुने गरेको बताइन्छ । पोल्टी व्यावसायी भट्टराईले भारतीय अण्डा नेपाल छिर्नु यहाँका व्यवसायीका लागि चुनौती भएको बताए । सीमा क्षेत्रमा क्वारेन्टाइनमा कडाइ नगरिएमा ठूलो लगानी भएको आत्मनिर्भर यो व्यवसाय प्रभावित हुने बताए ।

भारतीय सीमा क्षेत्र वीरगञ्ज, ठूटीबारी, जनकपुर, सिराहा, धनगढी, बहादुरगञ्ज, महेन्द्रनगर, त्रिवेणीलगायतका ठाउँबाट धेरै अण्डा भित्रिने संघका अध्यक्ष कँडेलले जानकारी दिए । भारतमा उत्पादन हुने रातो अण्डाको आकार सानो र फुस्रो रातो हुन्छ भने नेपालमा उत्पादन हुने अण्डा चिल्लो रातो र ठूलो हुने भएपनि जो कोहीले आँखाले सहजै पत्ता लगाउन नसक्ने भएकाले अवैधरुपमा भित्रन सहज भएको उनले बताए ।

नेपालमा पोल्ट्री क्षेत्रमा ८० अर्ब हाराहारी लगानी भएको छ । आधा लगानी अण्डा उत्पादनका लागि भएकाले समयमा नै अवैध रुपले भित्रिएका अण्डा रोक्न नसके व्यवसायी धरासायीमा पर्ने । नेपालमा अण्डा उत्पादन गर्ने व्यवसायी दुई हजार हाराहारीमा छन् भने एक लाख ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन् ।रासस

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु