global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक विकासका लागि मजदुरको भूमिका महत्वपूर्ण छ : अध्यक्ष थापा

आर्थिक विकासका लागि मजदुरको भूमिका महत्वपूर्ण छ : अध्यक्ष थापा

आर्थिक विकासका लागि मजदुरको भूमिका महत्वपूर्ण छ : अध्यक्ष थापा

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले श्रमिकको सामाजिक सुरक्षामा सरकारले लगानी गरी उनीहरुको हक, हित र अधिकार संरक्षण गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघद्वारा १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका ४० लाख युवा रोजगारीको खोजीमा विदेशमा श्रम गरिरहेको अवस्थामा स्वदेशमै औद्योगिक क्षेत्रमा लगानी गरी उनीहरुलाई फर्काउनुपर्नेमा जोड दिए ।

मुलुकमा द्रुततर आर्थिक विकास गरी सामान्य रोजगारीका लागि विदेश जान नपर्ने अवस्था कायम गर्न सकेमा मात्र देश समृद्ध बन्ने उहाँको भनाइ थियो । उहाँले देशमा भइरहेको धर्म परिवर्तनको कार्य कानून विपरीत रहेकाले त्यसलाई अविलम्ब रोक्नुपर्ने माग गर्दै त्यस्तो कार्यले मुलुकमा धार्मिक द्वन्द्वको खतरा रहेको बताए । मुलुकमा जनताले खोजेको परिवर्तन तथा समग्र आर्थिक विकासका कार्यलाई प्राप्त गर्न आफ्नो पार्टीले राजा सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पहिचानको पक्षमा वैचारिक दृष्टिकोण राखेको बताए । समान विचारधारा भएका राष्ट्रवादी शक्ति एक भएर आगामी चुनौतीलाई सामना गर्नुपर्ने बताउँदै पार्टीले लिएको सिद्धान्तमा सबै अडिग रहनुपर्नेमा जोड दिए ।

पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता भुवन पाठक, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल लगायतले श्रमिकको पक्षमा क्रियाशील रहन संगठनलाई आग्रह गर्दै वीरगञ्जमा सम्पन्न हुने आगामी केन्द्रीय परिषद्को बैठकले पार्टीको भावी कार्ययोजना, रणनीति स्पष्ट पार्ने र आगामी निर्वाचनमा जनताको विश्वास प्राप्त गर्ने विचार व्यक्त गरे । टे«ड यूनियन महासंघका इन्द्र चित्रकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि संगठनमा संगठित गरी उनीहरुको जीवन बिमा, औषधि उपचारलगायत सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।रासस

प्रकाशित समय : ०२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु