global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपालसँग अनुमति नै नलिई महाकालीमा भारतले बनायो आठ वटा पुल

नेपालसँग अनुमति नै नलिई महाकालीमा भारतले बनायो आठ वटा पुल

नेपालसँग अनुमति नै नलिई महाकालीमा भारतले बनायो आठ वटा पुल


दार्चुला । अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ । नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल–भारत जोड्ने ८ वटा अस्थायी काठेपुल निर्माण गरेको पाइएको हो ।
दार्चुलाको उत्तर पश्चिमी क्षेत्र व्याँस गाउँपालिका–२ राप्लाका विभिन्न क्षेत्रमा भारतले ८ वटा अस्थायी काठेपुल निर्माण गरेको वडा नं. २ का वडाध्यक्ष धिरनसिँह बुढाथोकीले जानकारी दिए । व्याँस गाउँपालिका–२ राप्लाको तम्बाकु र लखनपुरमा तीन वटा, थीकोभीर, दोपाखे, घाँटी, पोला, बुँदी क्षेत्रमा एक–एक वटा गरी जम्मा ८ वटा काठेपुल निर्माण भएको पाइएको वडाध्यक्ष बुढाथोकीले बताए ।
नेपालको अनुमति विना निर्माण गरेका ती अस्थायी काठेपुल निर्माण गरिएको क्षेत्र नेपाली वस्तीभन्दा झण्डै साढे दुई किलोमिटर उत्तरमा पर्छ । यस सम्बन्धमा सीमा बैठकमा समेत नेपाली पक्ष कडा प्रस्तुत भएपछि गल्ती स्वीकार्दै ती अस्थायी काठेपुल हटाउन भारत सहमत भएको थियो । दुई वटा काठेपुल भारतले यसअघि हटाएको पनि थियो ।
यसअघि ४ ठाउँमा काठेपुल निर्माण गरेको भन्ने खबरहरु आएपनि ८ वटा काठेपुल निर्माण गरी भारतीय नागरिक तथा कामदारहरु निर्वाधरुपमा आवतजावत गर्ने गरेको राप्लाका स्थानीयले जानकारी दिएका छन् । ‘नेपाली प्रशासन त भारतसामु झुक्छ, हाम्रो केही बोल्ने आँट पनि आउँदैन,’ एक स्थानीयले भने ।
उनले सीमा क्षेत्रमा भएका घटनाजस्तै कन्चनपुरमा भएको घटनालाई स्मरण गर्दै त्यो घटना दोहोरिने त्राससमेत आफूहरुमा रहेको उनको दुखेसो छ । नेपाली पक्षको आवश्यकता भएको ठाउँमा पुल निर्माण गर्न नदिने र मानवीय वस्ती नभएको क्षेत्रमा पुल निर्माण गरेको भन्दै आक्रोशित भएका नेपालीहरुले पाँच वटा पुल भत्काइदिएका छन् ।
मंगलबार स्थानीयहरुले आफ्नो आवश्यकता रहेको क्षेत्रमा पुल निर्माण गर्न भारतले अनुमति नदिएको भन्दै ५ ठाउँका अस्थायी काठेपुल हटादिएका छन् । ३०–३५ जना स्थानीयहरुको टोली गएर तम्बाकु र लखनपुर क्षेत्रका तीन वटा र थीको भीर र दोपाखेमा भारतले निर्माण गरेका एकरएक वटा गरी पाँच वटा काठेपुल भत्काइदिएका छन् ।
स्थानीयहरु आक्रोशित भइ पुलहरु भत्काउन भन्दै सीमा क्षेत्रतिर गएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाबाट सशस्त्रको टोली, दुम्लिङ र सुन्सेरा प्रहरी चौकीबाट नेपाल प्रहरीको टोली समेत सीमा क्षेत्रमा गएको थियो । त्यस्तै उत्तरी सीमा क्षेत्रमा फागुन महिनाको अन्तिमतिर नेपाली सेनाको दुर्गादल गुल्मबाट नेपाली सेनाको टोली पनि त्यस क्षेत्रमा गएको छ ।

प्रकाशित समय : २२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु