global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबा नेपाल प्रवेश

चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबा नेपाल प्रवेश

चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबा नेपाल प्रवेश


काठमाडौं । चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबाले दक्षिण एशियाको ठूलो इकमर्स प्लेटफर्म दराजलाई खरीद गरेको छ । दराज संचालन गर्ने रकेट इन्टरनेटको सबै स्वामित्व खरीदसँगै अब अलिबाबाले औपचारिक रुपमा नेपाल प्रवेश गरेको हो ।
दराज खरीद गरेसँगै अलिबाबाले नेपाल लगायत दक्षिण एशियाको इकमर्स बजारमा प्रवेश गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २०१२ मा पाकिस्तानमा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमार लगायतका देशहरुमा इकमर्स सेवा दिँदै आएको छ ।
समाचारमा जनाइएअनुसार यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा आफ्नो सेवा बिस्तार गर्नेछ । दराजको खरीदसँगै अलीबाबाले दक्षिण एशियाका करिब ४६ करोड मानिसबीचमा आफ्नो व्यापार सञ्जाल बिस्तार गर्ने सुनौलो अवसर पाएको विश्लेषकहरुले बताएका छन् । अलिबाबाले दराजलाई कति रकममा किनेको हो भन्ने बिषयमा भने कुनै कुरा पनि बाहिर ल्याइएको छैन ।
नेपालमा अनलाइन सपिङको बिजिनेशले बिस्तारै फैलने वातावरण खोजिरहेको छ । अधिकांश नेपालीमा अनलाइन सपिङको बिषयमा खासै ज्ञान छैन । यस्तो अवस्थामा अलिबाबाको दराजकै ब्राण्डमार्फत नेपालमा भएको प्रवेशले नेपालकै इकमर्स क्षेत्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु