गृहपृष्ठ सामाजिक संजालमा एनआइसि एशियाको समर्थन

सामाजिक संजालमा एनआइसि एशियाको समर्थन

सामाजिक संजालमा एनआइसि एशियाको समर्थन

काठमाडौं । एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने बैंकर्स संघको निर्णयप्रति सामाजिक सञ्जालमा तीब्र आक्रोश देखिएको छ । सर्वसाधारणहरुले सामाजिक सञ्जाल मार्फत बैंकर्स संघको निर्णय गलत भएको भन्दै तत्काल निर्णय सच्याउन माग समेत गरेका छन् । सामाजिक सञ्जाल मार्फत बैंकिङ खबरमा सन्देश पठाउदै सर्वसाधारणहरुले संघको गलत कार्यको विरोध गर्दै समाचार प्रकाशन गर्न आग्रह गरेका छन् । संघको निर्णय गलत भएको भन्दै बैंकिङ खबरमा प्रकाशित समाचारको कमेन्टमा शम्भु कार्कीले लेखेका छन्– ‘खुला बजारमा संघले सिण्डिकेट लाद्न खोज्नु गलत हो, जनतालाई राम्रो व्याज दिन्छु भन्नु बैंकको राम्रो पक्ष हो ।’
समाचारमा प्रतिक्रिया दिदै अर्का चन्दनारायण श्रेष्ठ लेख्छन–‘ खुला बजार अर्थनीति तथा उदारीकरणमा यस्तो प्रेसर ठीक होइन कि १’ धादिङ घर भई काठमाडौंको स्वयम्भु बस्दै आएका हरिकृष्ण गजुरेलले बैंकिङ खबरमा सन्देश पठाउदै जनतालाई सेवा दिन खोज्नु एनआइसि एशियाको राम्रो पक्ष भएको बताएका छन् । ‘बचतमा धेरै व्याज दिनु जनतालाई फाइदा हुने कुरा हो’ गजुरेलले लेखेका छन्– ‘जनतालाई सेवा दिदा अन्य बैंकले आपत्ति जनाउनु भनेको एनआइसी एशियासँग प्रतिष्पर्धाबाट भाग्न खोज्नु हो ।’ सकेसम्मस्वस्थ प्रतिष्पर्धा गरेर बैंकहरुले जनतालाई सेवा दिनु पर्ने उनको भनाई छ ।
बैंकर्स संघले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर सिण्डिकेट लगाउन खोजेको भन्दै एनआइसि एशिया बैंकले आपत्ति जनाएको छ । ब्याजदर बढाएकै कारण बैंकर्स संघले आफूमाथी सिण्डिकेट लाद्न खोजेको भन्दै एनआइसि एशिया बैंकले संघको निर्णयप्रति आपत्ति जनाएको छ।
एनआइसि एशिया बैंकका डेपुटी सीईओ रोशन कुमार न्यौपानेले नेपाल बैंकर्स संघले एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । कार्यबाहक प्रमूख कार्यकारी अधिकृत समेत रहेका न्यौपानेले व्याजदर भनेको बजारको माग र आपुर्तिको आधारमा निर्धारण हुने भएकाले सोहि कारण देखाउदै त्यस्तो निर्णय गर्नु आपत्ति जनक रहेको प्रतिक्रिया दिएका छन् ।
के भन्छन यस विषयमा जानकार व्यक्तिहरु रु
नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष किशोर महर्जनले व्याजदरमा सिण्डिकेट लगाउने अधिकार संघलाई नभएको प्रतिक्रिया दिएका छन् । संघले सबैको समझदारीमा भद्र सहमति गरेर निर्णय गर्न सक्ने भए पनि यति नै ब्याज लिनु भनेर निर्देशन दिने अधिकार संघलाई नभएको पूर्व अध्यक्ष महर्जनले बताए । बैंकर्स संघले एनआइसि एशियासँग कुनै पनि कारोबार नगर्ने भनि सम्बन्ध विच्छेद्को घोषणा गर्नु कानून विपरित भएको नेपाल राष्ट्र बैंकका एक वरिष्ठ अधिकारीले बताएका छन् । ‘कुनै बैंक तथा वित्तीय संस्थाले कानून विपरित गरे कारवाही गर्ने बाटोहरु छन्’ राष्ट्र बैंकका ति अधिकारीले भने– ‘कसैको गल्ती भए नियमन गर्ने राष्ट्र बैंक छ, संघले कुनै पनि त्यस्तो निर्णय गर्न मिल्दैन ।’ अन्तर बैंक कारोबार रोक्नसंघले कुनै हालतमा नसक्ने ति अधिकारीले दावी समेत गरे ।
यस विषयमा बैंक वित्तसँग आवद्ध थुप्रै जानकार व्यक्तिहरुले समेत संघको निर्णय गलत भएको बताएका छन् । शुक्रबार बैंकर्स संघको निर्णयप्रति आपत्ति जनाउदै जनउत्थान लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले बचतमा मात्रै सिण्डिकेट लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार मात्रै एक सुचना निकाल्दै मुद्दती निक्षेपमा १२ प्रतिशत र बचतमा १० प्रतिशतसम्म नयाँ ब्याज प्रस्ताव गरेको थियो । यसअघि केही वाणिज्य बैंकहरुले बचतको ब्याजदर १० प्रतिशतसम्म पुर्याउँदा राष्ट्र बैंकले यसलाई आफ्नो सफलताको रुपमा ब्याख्या गरेको थियो ।
बैंकर्स संघले लगाएको अर्को आरोप समेत बैंकले गलत भएको प्रतिक्रिया दिएको छ । बैंकका प्रमख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजिनामा दिएको भन्दै संघका अध्यक्षले लगाएको आरोप गलत भएको बैंकका एक अधिकारीले बताए । बैंकिङ खबरसँगको कुराकानीमा ति अधिकारीले भने– ‘लक्ष्मण सरले पदबाट राजिनामा दिनु भएको छैन्, वहाँ ८ दिनका लागि शुक्रबारदेखि बिदामा बस्नु भएको छ ।’ उता बैंकर्स संघले भने थप छलफल गर्न भन्दै आइतबार बैठक बोलाएको छ ।
बैंकिङ खबर

प्रकाशित समय : ०३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु