global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सरकारले ल्यायो श्वेतपत्र, अर्थमन्त्री भन्छन्, ‘सरकारी ढुकुटी रित्तो’ (भिडियोसहित)

सरकारले ल्यायो श्वेतपत्र, अर्थमन्त्री भन्छन्, ‘सरकारी ढुकुटी रित्तो’ (भिडियोसहित)

सरकारले ल्यायो श्वेतपत्र, अर्थमन्त्री भन्छन्, ‘सरकारी ढुकुटी रित्तो’ (भिडियोसहित)


काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसदलाई जानकारी गराएका छन् ।
अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।
देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए । उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उनले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताए ।
उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको औंल्याए ।
खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौती थपेको बताए । अर्थमन्त्रीले संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र सेयर निष्काशन तथा आपूर्तिमा भएको वृद्धिले अहिले सेयर मूल्य प्रभावित भएको बताएका छन् ।
‘पुँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा सेयर लगानी सम्बन्धी ज्ञानको कमीले सेयर मूल्य मापन गर्ने नेप्से सूचकांकमा उच्चदरको उतारचढाव आउने गरेको छ,’ श्वेतपत्रमा भनिएको छ ।
आर्थिक वर्ष २०४९÷०५० मा रु. २२ अर्बको व्यपार घाटा रहेकोमा २५ वर्षको अवधिमा यस्तो घाटा करिब ४२ गुणाले बढी गत आर्थिक वर्ष २०७३÷०७४ मा रु. ९ खर्ब १७ अर्ब पुगेको छ,’ श्वेतपत्रमा अगाडि भनिएको छ, ‘चालु आर्थिक वर्षको प्रथम ७ महिनासमम्ममा यस्तो घाटा रु. ६ खर्ब १४ अर्ब पुगेको छ ।’
संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाको सम्बोधन  (भिडियो सेतोपाटीबाट) :

https://www.facebook.com/setopati/videos/1832166603520571/?t=1261

 

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु