काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वीरगन्जबाट तीन घण्टामै काठमाडाैं पुगेको सपना देखेँ : कर्ण

12.1K
shares

काठमाडौं– सरकारले पेस गरेको नीति तथा कार्यक्रमले जनतालाई सपनामात्र बाँडेको सांसद लक्ष्मणलाल कर्णले आरोप लगाएका छन् । नीति तथा कार्यक्रमले समेटेका कार्यक्रमका कारण आज राति वीरगन्जबाट काठमाडौं रेलबाट तीन घण्टामै आइपुगेको सपना देखेको भन्दै उनले सरकारलाई व्यंग्य गरे ।

नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय नपर्दा दुःख लागेको उनले बताए । ‘संविधानका कमजोरी सम्बोधन गर्ने विषयमा कुनै काम नहुनु तर जनतालाई यो काम गर्छु र त्यो काम गर्छु भनेर सपना बाँड्ने काममात्रै हुनु दुखद् छ’ नेता कर्णले भने । मुलुकको समृद्धिका लागि सबै जनताले स्वीकार गर्ने गरी स्थानीय तह र प्रदेश सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्न सरकार लाग्नुपर्ने उनको सुझाव छ ।