global ime bank Long Banner Ad

गृहपृष्ठ सांघुरो बन्यो भरतपुर विमानस्थलः अग्ला घर निर्माणले उडानमा समस्या

सांघुरो बन्यो भरतपुर विमानस्थलः अग्ला घर निर्माणले उडानमा समस्या

सांघुरो बन्यो भरतपुर विमानस्थलः अग्ला घर निर्माणले उडानमा समस्या


चितवन । चितवनमा रहेको भरतपुर विमानस्थल सँंघुरो बन्दै गएको छ । बढ्दो शहरीकरण, हवाईचाप वृद्धी र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल सांघुरो बन्दै गएको हो । तत्कालीन हवाई सेवा विभाग अन्तरगतको भरतपुर हवाई कार्यालयको रुपमा २०१८ सालदेखी सेवा सुरु भएको विमानस्थलमा पछिल्लो समय हवाई चाप बढ्दै गएको छ ।
विमानस्थल सांघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएको थियो तर, क्षमता विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै रहेको सेनाको घोडा फारम रहेको क्षेत्र माग गरीएको भएपनि सेनाले अनुमती नदिएको नागरिक उड्यान कार्यालय भरतपुरका प्रमुख पवन गौतमले बताए । २०७२ सालमा पत्र पठाइएको जानकारी दिदै उनले सेनाले तत्कालै हुन नसक्ने जानकारी गराएको बताए ।
विमानस्थलको क्षेत्र बढाउनका लागि नजिकै रहेको सेनाको घोडा प्रजनन केन्द्र रहेको व्यारेक नै उपयुक्त मानिदै आइएको छ । तर,सेनाले मुख्य सहरको नजीक विमानस्थल हुनुभन्दा शहरवाट २५ किलोमिटर टाढा विमानस्थल राख्न सके राम्रो हुने तर्क राख्दै आफुले प्रयोग गर्दै आएको जमिन दिन नसक्ने बताएको गौतमले बताए ।
भरतपुर विमानस्थलमा दैनिक १४ वटा उडान हुन्छ । विमानस्थल वरपर मापदण्ड बिपरित बनाईएका अग्ला घर बनाइएकाछन् । जहाज अवतरण र पार्किङका लागी अग्ला घर सुरक्षा चुनौती बन्दै गएकाछन् । विमानस्थलमा चार वटा जहाजको क्षमता भएपनि धेरै जहाज पार्किङ हुदै आएको छ । सानो जहाजको लागी बनाईएको पार्किङमा मझौला जहाज राख्न समस्या भएको छ । एक दशक अघि दैनिक ४ वटा सम्म उडान हुने गरेपनि अहिले जहाजको संख्या पनि थपिएको छ ।
भरतपुर विमानस्थलबाट एकतर्फी दैनिक औसतमा ५ सय यात्रुले यात्रा गर्दै आएका छन । बुद्ध एयर,यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन । यतिको जेट स्ट्रीम र बुद्ध एयरको बीचक्राफ्ट, एटिआर–४२ जस्ता आधुनिक बिमानले उडान भर्ने गरेको विमानस्थलका प्रवन्धक पवन गौतमले बताए ।
६२ विघाहा क्षेत्रफलमा रहेको उक्त विमानस्थल वरपर मापदण्ड विपरित अग्ला घर हुनु र क्षेत्र विस्तारका लागि प्रयाप्त जग्गा नभएकाले समस्या बढ्दै गएको गौतमले बताए । सानो जहाजलाई लक्षित गरेर बनाईएको विमानस्थलमा विस्तारै मझौला जहाज आउने क्रम बढेको बताउदै उनले विमानस्थललाई फराकिलो बनाउन पहल नगरे सुरक्षा खतरा देखिएको जानकारी दिए ।
अग्ला घरले बिमान अवतरण र उडान प्रभावित हुदै आएका छन् । अग्ला घरका कारण विमानले पुरा रन–वे प्रयोग गर्न नपाएको बताउदै गौतमले १ हजार २ सय मिटरको धावनमार्ग भएपनि दुई सय मिटर छोडेर अवतरण गरिदै आएको जानकारी दिए ।
साना जहाजलाई उडान र अवतरणमा ६ देखी ८ सय मिटर रन–वे भए पुग्छ । ठुलालाई १ हजार ४ सय मिटर जरुरी पर्छ । १ हजार २ सय मिटर रन–वे छ । हुस्सु लागेको बेला अग्ला घरले अवतरणमा समस्या हुने गरेको उनले बताए ।
मापदण्ड विपरित स्थायी रुपमा संरचना बनाइए पछि विमानस्थललाई समस्या भएको हो । विमानस्थल वरपर २ सय ५७ घर मापदण्ड विपरित बनेको तथ्यांक रहेको छ । समस्या समाधानको लागि प्रतिबेदन पेश गर्न गठित समितिले उडान सुरक्षा चुनौती थपिदै गएको प्रतिवेदन वुझाएको थियो । मापदण्ड विपरीतका घरहरुका कारण उडानमा गम्भिर असर परेको र भविस्यमा झन अप्ठेरो अवस्था आउन सक्ने संरचनाहरु हटाउनु पर्ने सझुाव दिईएको थियो ।
सिमारा,पोखरा र भैरहवाको वैकल्पिक बिमान स्थलमा भरतपुर विमानस्थल रहेको छ । चितवन पर्यटकिय हिसावले चितवन अगाडी बढिरहेकोले भरतपुर र मेघौलीमा रहेको विमानस्थललाई आन्तरीक र वाह्य पर्यटकको चाप वढाई आम्दानी बढाउन सकिने सरोकारवालाहरुले बताएकाछन् ।
चितवनमा भरतपुर देखि १६ किलोमिटर पश्चिममा मेघौली विमानस्थल पनि रहेको छ । मेघौली विमानस्थल २०१३ साल देखि संचालनमा आएको हो । मेघौली विमानस्थलमा चितवन राष्टिय निकुञ्जभित्र घुम्न आउने पर्यटक वोक्ने जाहाज अवतरण गरिदै आएको भएपनि पछिल्लो समय उडान हुन सकेको छैन ।
राजधानी काठमाडौं बाट पनि नजीक नेपालको केन्द्र भाग भौगोलिक रूपमा पनि अत्यान्त सुरक्षीत चितवन भित्र रहेकाले पनि यो विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने चर्चा समेत चल्ने गरेको थियो ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु