global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ महिला जेसिज सप्ताहमा रक्तदान

महिला जेसिज सप्ताहमा रक्तदान

महिला जेसिज सप्ताहमा रक्तदान

दाङ । दाङ महिला जेसिजको सप्ताहब्यापि कार्यक्रम अन्तरगत दोस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दाङ महिला जेसिजकी अध्यक्ष डोमा पाण्डेको अध्यक्षता एवं रेडक्रस सोसाइटीका जिल्ला सचिव तथा ब्यवस्थापन समितिका संयोजक प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १० जना बिभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीवन्दले पुरुषको तुलनामा महिलाहरुलाई अलि बढि रगतको आवश्यकता पर्ने भए पनि महिलाहरु रक्तदान गर्न अफ्ठ्यारो मान्ने गरेकोले यो सोचलाई परिवर्तन गर्नुपर्ने बताए । महिलाहरुले साहसिक र महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्दै रक्तदान नै जीवनदान सम्झेर रक्तदान गर्नु अति नै महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा जुनकुमारी बुढा, शारदा घर्ती, ममता बिष्ट, रेखा शर्मा, लक्ष्मी ढकाल, बिमला शर्मा, बसन्ती सुबेदी, बसन्त बुढाथोकी जोसिला खुलाल, प्रतिक्षा घर्ती र पत्रकार देवी भण्डारी लगायतकाले रक्तदान गरेका थिए । कार्यक्रममा परिवार नियोजन सघंका पूर्वअध्यक्ष बद्रीकुमार खड्का, जेसिज मुलआयोजक समितिकी बिष्णु थापाले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रमको संयोजन जेसी अन्जना मल्लले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण दाङ महिला जेसिजकी महासचिव ममता बिष्टले गरेकी थिइन् ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु