काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ब्राजिल भर्सेस मेक्सिको : पहिलो हाफ बराबरी

9.07K
shares

विश्वकप फुटबलअन्तर्गत जारी खेलको पहिलो हाफमा ब्राजिल र मेक्सिको दुवैले गोल गर्न सकेनन् । दुवै टिम अाक्रामक रूपमा प्रस्तुत भए पनि पहिलो हाफ गोलरहित बराबरी भएको हो । ब्राजिल समूह र्इ को विजेता हो भने मेक्सिको समूह एफको उपविजेता हो ।

यसअघि, ४० पटक अामनेसामने भएका यी दुर्इ टिममध्ये २३ वटा खेलमा ब्राजिलले जित हात पारेको छ । १० वटा खेल मेक्सिकोले जितेको छ भने सातवटा बराबरीमा टुंगिएका छन् ।

विश्वकप फुटबलमा यसअघि ब्राजिल र मेक्सिको चारपटक भिडिसकेका छन् । ती खेलमा ब्राजिलले ११ गोल गरेको छ भने मेक्सिकोले कुनै गोल गर्न सकेको छैन । सन् २०१४ को विश्वकपमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका थिए ।