काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बलम्बु प्रहरीको फिल्टर अपरेसन, विचौलियाको भागाभाग

11.38K
shares

महागनरीय प्रहरी प्रभाग, बलम्बुले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा सक्रिय विचौलियाविरुद्ध फिल्टर अपरेसन थालेको छ । सार्वजनिक यातायात क्षेत्रमा महिलाविरुद्ध हुने यौनजन्य हिंसा अन्त्य गर्न ‘सेफ्टी पिन’ अपरेसन चलाएर वाहवाही पाएकी प्रभाग प्रमुख शर्मिला गुरुङको कमाण्डमा अपरेशन सुरु भएपछि विचौलियाहरुको भागाभाग भएको हो ।

कमाण्डको टोलीले सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रकम माग गरेर दुःख दिएको व्यापाक गुनासो आएपछि आठ जना विचौलियालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रमक माग गरेर दुःख दिएको व्यापाक गुनासो आएपछि अपरेश चलाएका हौं,’ प्रहरी निरिक्षक गुरुङले भनिन् ।

फिल्टर अपरेशनमा झापाको कनकाई नगरपालिकाका कृष्णप्रसाद थपलिया, कलंकीका किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरको जावलाखेलका प्रकाश तन्डुकार, चन्द्रागिरीका अपार रिजाल, सातदोबाटोका कञ्चन राई, रातोपुलका बालकृष्ण खत्री र इमाडोलका पवन तामाङ पक्राउ परेका छन् । उनीहरुलाई थप कारबाहीका लागि महागनरीय प्रहरी वृत्त, थानकोट पठाइएको छ । प्ररही निरिक्षक शर्मिला, चन्द्रागिरि नगरपालीकाको बलम्बु क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्ररही संगठनबाट पुरस्कृत समेत भईसकेकी छिन् ।