गृहपृष्ठ घरको छतमा तरकारी खेती गरेर मनग्य आम्दानी

घरको छतमा तरकारी खेती गरेर मनग्य आम्दानी

घरको छतमा तरकारी खेती गरेर मनग्य आम्दानी

पछिल्लो समय घरको छतमै बिभिन्न किसिमका तरकारी लगाउने चलन बढ्दै आएकोे छ ।पाल्पाको पोखराथोकका कृषक कवि नेपालले घरको छतमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। रासायनिक मलको प्रयोग बिना नेपालले तरकारी खेती गर्ने गरेका छन् ।

खेती गर्नका लागि प्रसस्त जमिन र सिंचाइको आवश्यक पर्छ भन्ने मान्यतालाई तोड्दै पाल्पाको पोखराथोकका कृषक कवि नेपालले घरको छतमा तरकारी खेती गर्ने गरेका छन् । उनले छतमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

अाफ्नाे घरकाे  छतमा मौसमी, वेमौसमी तरकारी खेती गर्ने गरेका छन् । उनले घरको छतमा करेला, बोडी, भिण्डी लगायतका तरकारी खेती गरेका छन् ।

रसायनिक मल र विषदीको प्रयोग बिना नेपालले लसुन, प्याज, बन्दा, काउली समेत खेती गरेका छन् । आकाशे पानीलाई सदुपयोग गर्दै उनले तरकारी लगाउने गरेका छन् । इच्छा शक्ति हुने हो भने छतमै तरकारी खेती गरेर आत्मनिर्भर बन्न सकिने नेपालको भनाइ छ ।

प्रकाशित समय : ०३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु