काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमयुमा अनसन बसेका विद्यार्थी आईसीयुमा

7.25K
shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) मा विगत तीन दिनदेखी आवरण अनसन बसेका विद्यार्थी आईसियुमा भर्ना भएका छन् । अनसन बसेका विद्यार्थी रोशन बस्नेतको अवस्था गम्भिर भएपछि आईसियुमा भर्ना गरिएको आन्दोलीत विद्यार्थीहरुले बताएका छन् । रोशनको स्थानिय देउती नर्शिङ् अस्पतालमा उपचार भईरहेको छ ।

बुधबार देखी तिनजना विद्यार्थी आवरण अनसनमा बसेपनी विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ । विद्यार्थीहरुको जायज मागलाई तोड्न विद्यालयले प्रहरी र शसस्त्र परिचालन गरी आन्दोलनलाई तोड्ने प्रयास गरेको छ । विभिन्न सात बुँदे माग राख्दै विद्यार्थीहरुले असार ५ गतेदेखी आन्दोलन गरिरहेका छन् ।

विद्यार्थीले गरेका विभिन्न आन्दोलनका चरणहरुमा विश्वविद्यालयले प्रहरीको बलमा यसअघि पनी हस्तक्षेप गर्दै आएको थियो । यस्तै अनसन बसेका विद्यार्थीको जिवन रक्षाको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त प्रेश विज्ञप्ति समेत निकालेका छन् । अखिल क्रान्तीकारी विद्यार्थी संघ, अनेरास्ववियु सुर्खेत, नेपाल विद्यार्थी संघ केन्द्रिय समिति र अखील क्रान्तिकारी छैटौले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी असनसनमा बसेका विद्यार्थीहरुको जिवनरक्षाको लागी जोडदार माग गरेका हुन् ।