गृहपृष्ठ भारतीय गायक कुमार सानु लुम्बिनीमा
भारतीय गायक कुमार सानु लुम्बिनीमा
लुम्बिनीमा भारतीय गायक कुमार सानुको एकल साझ हुने भएको छ । आयोजक इफोर इन्टरटेनमेन्ट प्रा.लि. ले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।
आयोजकले आगामी भदौ १ गते मणिग्रामको ड्रिमल्याण्डमा गायक सानुको एकल साझ हुने जानकारी गराएको हो । भारतका प्रसिद्ध गायक सानुले नेपाली र हिन्दी गरी लगभग ३० भन्दाबढी चर्चित गितहरु सहित लाइभ ब्याण्ड का साथ प्रस्तुति दिने इफोर इन्टरनेसनलका सिइओ दीपक जानकारी दिए ।
भारतको प्रख्यात फिल्म फेयर एवार्ड देखि पद्म श्री सम्मको सम्मानबाट सम्मानित भएका सानु ९० को दशकका सर्वाधिक रुचाईएका गायक हुन । ‘मत अब रिसाउँछु बोल्दै बोल्दिन’, ‘पुरानो हुँंदैन माया’, ‘फुल भए जिन्दगी देउतालाई चढाईदिन्थें’ जस्ता चर्चित नेपाली र ‘एक लड्कीको देखा तो ऐसा लगा’, ‘तेरे दरपे सनम’ लगायत २० हजार गितहरुमा आफ्नो आवाज दिई सकेका गायक कुमार सानुको प्रदेश नम्बर ५ को लुम्बिनीमा यो पहिलो एकल साँझ हो ।
इफोर ईन्टरटेनमेन्ट प्रा.लि ले लुम्बिनीमा आयोजन गर्ने अन्तर्राष्ट्रिय स्तरको यस कार्यक्रममा नेपाली चर्चित गायिका देविका बन्दनाले सानु सँगै आफ्नो प्रस्तुति दिने भएकी छिन् । दर्जनौ नेपाली गितहरुमा आफ्नो आवाज दिई सकेका सानुले गत बर्ष काठमाण्डौंमा प्रस्तुति दिएका थिए ।
प्रकाशित समय : ००:२२ बजे



















