global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पूर्वमाओवादीकाे मजदुर संगठनमा ऋण विवाद चुलियो

पूर्वमाओवादीकाे मजदुर संगठनमा ऋण विवाद चुलियो

पूर्वमाओवादीकाे मजदुर संगठनमा ऋण विवाद चुलियो

 

तत्कालीन माओवादीनिकट ‘मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड’ले साना व्यवसायी स्वरोजगार कोषको कार्यालयबाट लिएको ऋण तिर्न नसक्दा विवाद चुलिएको छ । २०६८ सालमा लिएको ५ करोड रुपैयाँ अझै भुक्तानी गर्न नसक्दा पेरिसडाँडास्थित पार्टी कार्यालयसहितको जग्गा बेच्ने विषयमा विवाद चुलिएको हो । तत्कालिन माओवादी कार्यकर्तालेले आफ्नो व्यक्तिगत लालपुर्जा र नागरिकता दिएर ऋण लिएका थिए ।

युवा स्वरोजगार कोषबाट लिएको ऋण नेतृत्वको विश्वास गरेर संगठनलाई पैसा बुझाएको तर नेतृत्वले दुरुपयोग गरेर आफुहरुलाई ढुवाएको पीडितहरुको गुनासो छ । उनिहरु भन्छन्, ‘रकम तत्कालीन नेतृत्वले सामूहिक उद्यममा कम तर व्यक्तिगत प्रयोजन खर्च गर्दै दुरुपयोग गरेपछि उद्यम घाटामा गयो । घाटामा गएपछि उद्यम बन्द भयो । ऋण तिर्न पनि नसक्ने अवस्था आयो । अहिले ऋण तिरिदेउ भन्दन मान्दैनन्, जग्गा बेचौं भन्दा पनि मान्दैनन् ।’

सहकारी संस्था लिमिटेडले विभिन्न प्रयोजनका लागि ५ करोड ऋण लिएको थियो । सहकारीले ऋण लिँदा २०–२५ जनाको समूह बनाई समूहको प्रमुखको नाममा ऋण लिएका थिए । राजन तिमल्सिना, उषा देवकोटा र उनका भाइ जीवन देवकोटा, बाबुराम गौतम टिका प्रसाईं, भूपाल सापकोटा, कृष्ण अधिकारीले ऋण लिएका थिए ।

ललितपुरको गोदावरीमा खोलिएको बंगुर फार्म घाटामा गयो, विभिन्न ठाउँमा खोलिएका उपभोक्ता पसल डुब्यो र चाबहिलमा खोलएको जुत्ता फ्याक्ट्री अहिले पनि घाटामा चलिरहेको छ । जगत सिंखडा समुहले चलाएको पेट्रोल पम्पले भने ४० लाख चुक्त गर्न सफल भएको छ ।

मजदुरको नाममा प्रतिव्यक्ति २ लाखका दरमा लिईएको ऋण नेतृतवले अनियमितता गरेपछि उद्यम घाटामा गएको मजदुरहरुको गुनासो छ । अहिले ऋण नतिरेकोले आफुहरुको नाम कालो सुचीमा पर्न लाग्दा नेतृतवले बेवास्ता गरेको पीडित मजदुरहरु बताउँछन् ।

ऋण तिर्न हालको नेपाल कम्युनिस्ट पार्टी नेकपाको पेरिषडाँडास्थित कार्यालयको घरसहित २१ आना जग्गा समेत बेच्न केही नेताले दबाब दिँदै आएका छन् । तर केहीले बैकल्पिक उपाय अपनाएर ऋण तिर्नुपर्ने भन्दै पेरिसडाँडा बचाउँ अभियान समेत सुरु गरेका छन् । अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्र्तगतका सबै पेशागत घटकका केन्द्रीय समिति पदाधिकारीहरुको बैठकले पेरिसडाँडाको जग्गा कुनै पनि हालतमा बेच्न नदिने भन्दै लबिङ गर्दै आएका छन् ।

पेरिसडाँडाको जग्गा अखिल नेपाल ट्रेड युनियन महासंघको नाममा छ । आफुहरुको नाममा रहेको जग्गा बेच्ने प्रक्रिया सुरु भएपछि ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की तथा पूर्व उपाध्यक्ष बाबुराम गौतमले पेरिसडाँडा बचाउँ अभियान संचालन गरेका हुन् । महासंघका उपाध्यक्ष उषा देवकोटा, धनबहादुर विकलगायतले ‘पेरिसडाँडाको जग्गा बेचविखन गरि युवा स्वरोजगार लगायतको ऋण तिर्नु पर्छ’ भनि पेरिसडाँडा बेच्ने अभियान चलाएका थिए ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक प्रभाबका आधारमा तत्कालीन मजदुर सङ्गठनले विभिन्न सातभन्दा बढी समूह बनाई ऋण लिएका थिए । झन्डै तीन सय माओबादी मजदुर कार्यकर्ताको नागरिकता तथा जग्गाको लालपुर्जा संकलन गरि उनिहरुको नमबाट लिएको यति ठूलो रकम कसरी डुब्यो ?’ आँफैमा अनौठो छ । चालु आर्थिक वर्षको अन्त्य अर्थात यो असार मसान्तभित्र ऋण तिर्न नसके कालो सुचीमा पर्ने छन् । नागरिकता बुझाएर ऋण लिने झन्डै तीन सय मजदुर कालो सूचीबाट उम्कन जग्गा बेचेर ऋण चुक्ता गर्न चाहन्छन ।

तर पेरिषडाडाको २१ आन जग्गा ३ टुक्रा गरी सहकारीका अध्यक्ष तथा महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की तथा पूर्वउपाध्यक्ष बाबुराम गौतमको नाममा रहेकोले उनीहरुले जग्गा बेच्न नमानेपछि विवाद आएको हो । उद्यम डुबेको खण्डमा बेहोर्ने शर्त पहिलै भएको तर अहिले पालाना नगरेको पीडित रामचन्द्र कार्कीले बताए ।

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु