global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राजपामा अब एकल नेतृत्व

राजपामा अब एकल नेतृत्व

राजपामा अब एकल नेतृत्व

राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालमा अध्यक्ष मण्डल नरहने प्रस्ताव सहितको प्रतिवेदन राजनीतिक समितिमा पेश भएको छ । पार्टीको विधान अध्ययन गरि एकीकृत गर्न गठित कार्यदलले अध्यक्ष मण्डलको प्रावधानलाई हटाएर एकल अध्यक्षको व्यवस्था सहितको प्रस्ताव गरेको हो ।

केन्दीय कार्यालय बबरमहलमा जारी बैठकमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहेको कार्यदलले महाधिवेशनपछि एक जना अध्यक्ष, दुईजना सह–अध्यक्ष, तीनजना महासचिव, तीन जना सहअध्यक्ष, एक जना कोषाध्यक्ष र एकजना प्रवक्ता रहने प्रस्ताव गरेको जनाइएको छ ।

एकल अध्यक्षको व्यवस्था गरेपनि वरिष्ठ एवं प्रमुख नेताहरुलाई व्यवस्थित गर्न १४ सदस्यीय कार्यकारिणी सल्लाहकारको व्यवस्था समेतको प्रस्ताव गरिएको छ ।
कार्यकारिणी सल्लाहकार समितिले अध्यक्षलाई सल्लाह दिनेछ । अध्यक्षले सल्लाहकारको सल्लाहको आधारमा काम गर्नुपर्ने प्रावधान राखिएको छ ।

गएको वर्ष मधेस केन्द्रित ६ दल एक भएर राजपा गठन हुँदा निर्वाचन आयोगमा एक वर्षभित्र महाधिवेशन गर्ने जानकारी दिइएको थियो । तर, राजपाले आन्तरिक कलहका कारण महाधिवेशन गर्न सकेन ।

राजनीतिक समितिको बैठकमा पार्टीको विधानमाथि छलफल, महाधिवेशनका सबै कार्यक्रम घोषणा गर्ने लगायत विषयमा छलफल भइरहेको राजपाका महासचिव मनिस सुमनले न्युजकारोबारलाई बताए । राजपालाई निर्वाचन आयोगले महाधिवेशनका लागि ताकेता गर्दै पत्र काटिसकेको छ ।

जेठको पहिलो हप्ता बसेको राजनीतिक समितिको बैठकले महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय यसअघि गरिसकेको छ । विधान पारित भएपछि राजपालाई संसदीय दल गठनको बाटो खुल्नेछ ।

प्रकाशित समय : २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु