गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १)
१. प्रतिनिधिसभाका उपसभामुख को हुन् ?
उत्तर– डा. शिवमाया तुम्वाहाम्फे
२. साउदी अरबमा महिलाले कहिलेदेखि ड्राइभिङ लाइसेन्स पाउन थालेका हुन् ?
उत्तर– २०७५ जेठ २३ अर्थात् २०१८ जुन ४
३. रेशम कीराको एउटा कोकुनबाट कति फिट लामो धागो निकाल्न सकिन्छ ?
उत्तर– १००० फिट
४. इन्द्रेणीको सबैभन्दामाथि र सबैभन्दा तल कुन–कुन रंग हुन्छ ?
उत्तर– माथि रातो, तल बैजनी
५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो ?
उत्तर– २०७५ जेठ ७
६. २०७५ सालको युगकवि सिद्धिचरण पुरस्कार कसलाई प्रदान गरिएको छ ?
उत्तर– कवि तुलसी दिवस
७. हरेक वर्ष मे २१ मा मनाइने विश्व धुम्रपान दिवसका लागि सन् २०१८ को नारा के थियो ?
उत्तर– सुर्तीजन्य पदार्थ र मुटुरोग
८. संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली दूतावास कहिले स्थापना गरिएको हो ?
उत्तर– सन् २०१६ मे १०
९. ‘जति कठोर संघर्ष हुन्छ, विजय उति नै भव्य हुन्छ’ यो भनाइ कसको हो ?
उत्तर– स्वामी विवेकानन्द
१०. नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ?
उत्तर– १९९४ कात्तिक ३०
११. नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन् ?
उत्तर– निलकण्ठ उप्रेती
१२. माओवादी युद्धका समयमा चर्चित ‘दोरम्बा घटना’ कहिलो भएको थियो ?
उत्तर– २०६० साउन ३२
१३. म्याग्नाकार्टापछि प्रचलनमा आएको पहिलो रिट कुन हो ?
उत्तर– बन्दी प्रत्यक्षीकरण
१४. कुन देशमा आफ्नै सैनिक छैन ?
उत्तर– कोस्टारिका
१५. विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र कुन हो ?
उत्तर– इन्डोनेसिया
१६. वागमती सरसफाइ महाअभियानको औपचारिक सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर– २०७० जेठ ५
१७. नेपाल विद्युत् प्राधिकरणले मुलुकभर लोडसेडिङ अन्त्य भएको घोषणा कहिले गरेको हो ?
उत्तर– २०७५ वैशाख ३१
१८. मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले विकास र प्रजातन्त्रको पश्चिमा मोडललाई अस्वीकार गर्दै आफ्नो देशको विकासका लागि अघि सारेको नारा के थियो ?
उत्तर– पूर्वतिर हेर
१९. विश्वविख्यात वैज्ञानिक स्टेफेन हकिन्सको निधन कहिले भएको हो ?
उत्तर– २०१८ मार्च १४
२०. वाणिज्य बैंकहरुलाई विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउनेसम्बन्धी व्यवस्था राष्ट्र बैंकले कहिले गरेको हो ?
उत्तर– २०७४ चैत १५
प्रकाशित समय : २०:०९ बजे




















