global ime bank Long Banner Ad

गृहपृष्ठ विधेयकमा सुझाव दिन नेपाल पत्रकार महासंघकाे आग्रह

विधेयकमा सुझाव दिन नेपाल पत्रकार महासंघकाे आग्रह

विधेयकमा सुझाव दिन नेपाल पत्रकार महासंघकाे आग्रह

नेपाल पत्रकार महासंघले प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ । संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकास गर्न महासंघले विधेयकको मस्यौदा गरेको छ ।

मस्यौदा तयारीका लागि महासंघका पूर्व सभापति सुरेश आचार्यको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले तयारी मस्याैदा महासंघलाई बुझाई सरोकार निकायमा छलफलमा रहेको सो विधेयकले आमसञ्चारका सबै माध्यम छापा, टेलिभिजन, रेडियो, अनलाइनलाई अझ व्यवस्थित बनाउने ध्येय राखेको छ ।

सरोकारवाला निकायसँग विहिबार भएको छलफलमा महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयकको मस्यौदामाथि आफ्नो सुझाव दिन आग्रह गरे । विधेयकको मस्यौदामा मुख्यतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने नागरिक हकलाई सुनिश्चित गर्न, आमसञ्चारमाध्यमको विकास, प्रवर्द्धन र नियमनका लागि राष्ट्रिय आमसञ्चार प्राधिकरण स्थापना गरिने उल्लेख गरिएको छ । प्राधिकरणको अध्यक्षमा सभामुख रहने व्यवस्था गरिएको छ ।

पत्रपत्रिका व्यवस्था, अनलाइनसम्बन्धी र आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको व्यवस्था पनि मस्यौदामा रहेको छ । छलफलमा महासंघका अध्यक्ष आचार्यले मस्यौदालाई छिटोभन्दा छिटो सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिए । महासंघका सचिव प्रकाश थापाले महासंघले मस्यौदा गरेको विधेयकलाई आमसञ्चार माध्यमको दिगो विकास र प्रवर्द्धनमा जोड दिएको जानकारी दिए ।

(रासस)

प्रकाशित समय : २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु