global ime bank Long Banner Ad

गृहपृष्ठ गाँजर खानै पर्ने १८ कारण

गाँजर खानै पर्ने १८ कारण

गाँजर खानै पर्ने १८ कारण

सबैको लागि उपयुक्त मानिने गाँजर स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक छ । गाँजर रेसादार तरकारीमा पर्दछ । यो अति गुणवान हुन्छ । खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले हामीलाई निम्न कुरामा फाइदा हुन्छ ।

  • गाँजरले आँखाको रेटिनाको स्वास्थ्यको लागि फाइदा गर्ने हुनाले रतन्धो हुनबाट जोगाउँछ ।
  • गाँजर रेसादार हुने हुनाले यसले छाला तथा शरीरको चिल्लोपना र चमकपनलाई जोगाइ राख्छ र छालालाई खुम्चिन दिँदैन । जसले गर्दा व्यक्ति बुढो देखिँदैन ।
  • महिनावारी अनियमित भएको समयमा गाँजर र सक्खर मिलाएर खानाले महिनावारी समयमा हुन थाल्दछ ।
  • गाँजरमा भिटामिन ए हुने हुनाले यसले छाला तथा कपाललाई सुक्खा हुनबाट बचाउँछ ।
  • गाँजरको सेवनले सूर्यका विकरणले छालामा पर्ने असरबाट पनि बच्न सकिन्छ ।
  • गाँजर खानाले पिसाब साथै रगत पनि सफा हुन्छ र रगतको सर्कुलेसन राम्रो हुन्छ ।
  • गाँजरको हलुवाले शरीरमा क्याल्सियम दिन्छ ।
  • गाँजरको रसलाई पोलेको ठाउँमा लगाउँदा, घाउ सन्चो हुन्छ ।
  • गाँजरको रसमा नुन, धनियाँको पात, जिरा, मरिच, कागतीको रस मिलाएर पकाएर खानाले पाचन शक्तिमा भएको गडबडी हट्छ ।
  • उच्च रक्तचाप हुनेहरुको लागि पनि गाजरको सेवनले फाइदा गछ ।
  • गाँजर खानाले आँखा तेजिलो हुनुका साथै मोतिविन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ ।
  • गाँजरको सेवनले शरीरका बिकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
  • गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ ।
  • गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउछ ।
  • अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ ।
  • गाँजरमा भिटामिन इ हुनाले रगतमा क्यान्सरका कोष बिकसित हुनबाट रोक्छ ।
  • गाँजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।
  • गाँजरमा हुने क्याल्सियमले महिला तथा बालबलिकाको हड्डीको विकासमा सहयोग गर्छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित समय : २३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु