global ime bank Long Banner Ad

गृहपृष्ठ निगमको नयाँ जहाज त्रिभुवन विमानस्थलमा अवतरण

निगमको नयाँ जहाज त्रिभुवन विमानस्थलमा अवतरण

निगमको नयाँ जहाज त्रिभुवन विमानस्थलमा अवतरण

नेपाल वायु सेवा निगमको २६७ सिट क्षमताको एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । फ्रान्सको टुलुस सहरबाट अाएको एयरबस बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

युरोपेली कम्पनीले उत्पादन गरेको जहाज वायुसेवा निगमले अमेरिकाको एएआर कम्पनीसँग १२ अर्ब रुपैयाँमा खरिद गरेको हो । निगमलार्इ विमान खरिदका लागि सरकारी जमानीमा सञ्चय कोषबाट अाठ अर्ब कर्जा उपलब्ध भएको थियो ।

३३० र २०० सिरिजको यो विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । नयाँ विमान यूएर्इको दुबई, हङकङ, कतारको दोहा, मलेसियाको क्वालालाम्पुरलगायतका स्थानमा उडाउने निगमको तयारी छ । निगमले अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै अाइपुग्ने पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । नयाँ जहाजको व्यावसायिक उडान भने अगस्ट १ बाट मात्र सुरू हुने उनले बताए । निगमले हाल दुर्इवटा एयरबस र एउटा बोइङले अन्तर्राष्ट्रिय उडान भर्दै अाएको छ ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु