गृहपृष्ठ धनराज गुरुङले भने– कार्यकारी राष्ट्रपति स्वीकार्छौं

धनराज गुरुङले भने– कार्यकारी राष्ट्रपति स्वीकार्छौं

धनराज गुरुङले भने– कार्यकारी राष्ट्रपति स्वीकार्छौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति स्वीकार्य रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी राष्ट्रपतिको विषय बहसमा ल्याइरहेका बेला कांग्रेस नेता गुरुङको यस्तो अभिव्यक्ति आएको हो ।
‘संविधान शिलालेख होइन, जनताले चाहेको खण्डमा परिमार्जन हुनसक्छ,’ न्युज कारोबारसँग गुरुङले भने, ‘संविधान निमार्णकै क्रममा यो विषय उठेकै थियो । अहिले प्रचण्डले उठाउनुभएको छ । यसलाई हामीले नौलो रुपमा लिएका छैनौँ ।’
तर, अहिले सबैको ध्यान कुन–कुन धारा परिवर्तन गर्ने भन्नेतिर भन्दा पनि जारी भएको संविधानको प्रभावकारी कार्यान्वयनतर्फ रहेको उनले बताए । ‘धेरै लामो छलफल र मेहनत गरेर संविधान बनाइएको छ । एउटा संविधानसभाले नसकेर दुई–दुईवटा संविधानसभाले सहमतिका आधारमा संविधान निर्माण गरेको हो,’ गुरुङले भने, ‘बेलायतको जस्तो संसदीय व्यवस्था अवलम्बन गरेका छैनौँ । अमेरिकामा पनि एक खालको अभ्यास छ । अब हामीले पनि मौलिक अभ्यास गर्न सक्छौँ ।’ नेता गुरुङले पार्टीको इतिहास नबुझेकाहरुले धर्म सापेक्षताको कुरा गरिरहेको अरोप लगाए ।

(नेता गुरुङसँगको विस्तृत अन्तर्वार्ता । प्रतीक्षा गर्नुहोला ।)

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु