nmb bank

गृहपृष्ठ रुदी ‘बी’को विद्युत उत्पादन अर्को वर्षबाट, ५० प्रतिशत काम सम्पन्न

रुदी ‘बी’को विद्युत उत्पादन अर्को वर्षबाट, ५० प्रतिशत काम सम्पन्न

रुदी ‘बी’को विद्युत उत्पादन अर्को वर्षबाट, ५० प्रतिशत काम सम्पन्न

लमजुङमा निर्माणाधीन ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ । अर्को वर्षदेखि उत्पादन सुरू गर्ने गरी कामलार्इ तीव्रता दिएको आयोजनाले जनाएको छ ।

बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृह निर्माणको काम तीव्र गतिमा भइरहेको उपप्रबन्धक सरोज भट्टराईले जानकारी दिए । आयोजनाले साढे ३ किलोमिटर पाइप लाइन बिछ्याउनुपर्नेमा ३५० मिटर पूरा भएको जनाएको छ । त्यस्तै, विद्युतगृहको काम पनि ५० प्रतिशत सकिएको उपप्रबन्धक भट्टरार्इले बताए ।

एक वर्षअघि निर्माण सुरु भएको आयोजना २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत करिब नौ किलोमिटर टाढाको मादीस्थित मुङ्ग्रेबेँसी सबस्टेसनमा जोडिनेछ । कम्पनीले विद्युतगृहदेखि सबस्टेसनसम्मको प्रसारणलाइन निर्माण गरिसकेको छ ।

एक अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाइमा ७० प्रतिशत लगानी पाँचवटा बैंकले गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

कम्पनीले रुदी ‘बी’ सँगै ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु