काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अर्जेन्टिनालार्इ ४–३ गोलअन्तरले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

8.39K
shares

अर्जेन्टिनालार्इ ४–३ गोलअन्तरले हराउँदै फ्रान्स रूस विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाविरूद्ध फ्रान्सका बापेले ६३ र ६८अाैं मिनेटमा लगातार गोल गर्दै टिमलार्इ सुपर आठमा पुर्याएका हुन् । यसअघि, फ्रान्सका बि पाभर्टले ५७अाैं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफको ४८अाैं मिनेटमा ग्याब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालार्इ २-१ को अग्रता दिलाए पनि लामो समय टिक्न सकेन । यसअघि, फ्रान्सविरूद्ध अर्जेन्टिनाका डि मारियाले ४१अाैं मिनेटमा बराबरी गोल फर्काएका थिए । फ्रान्सका ग्रिजम्यानले १३अाैं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलार्इ सुरूवाती अग्रता दिलाएका थिए ।

अतिरिक्त समयमा अर्जेन्टिनाका सर्जियो अग्युरोले गोल गरे पनि टिमलार्इ हारबाट जोगाउन सकेनन् ।